दफा ४
हुलाक वस्तुहरुको बीमा
ः नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी
निम्नलिखित कुराहरुको निर्देश गर्न सक्नेछः–
(क) कुनै हुलाक वस्तुलाई हुलाकद्वारा चलान गरिंदाको अवस्थामा हराउने वा नोक्सान
हुने प्रति सो हुलाक वस्तु बुझाउने हुलाक अड्डामा यो ऐनको अरु दफाहरुमा
लेखिएका कुराहरुको अधीनमा रही बीमा गराउन सकिनेछ र त्यसको रसीद
हुलाक वस्तु बुझाउने व्यक्तिलाई हुलाक अड्डाबाट दिइनेछ, र
(ख) सामान्य हुलाक र रजिष्टरीको लागि चाहिने हुलाक टिकट र दस्तूरको अतिरिक्त
त्यस्तो हुलाक वस्तुको बीमा दस्तुर वापत सोही सूचनामा तोकिए बमोजिमको
दस्तूर लाग्नेछ ।